‘पिर’ म्युजिक भिडियो युट्युवबाट हटाउन क्रान्तिकारी अध्यक्षको चेतावनी « Khabarhub

‘पिर’ म्युजिक भिडियो युट्युवबाट हटाउन क्रान्तिकारी अध्यक्षको चेतावनी


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले पिर नामक म्युजिक भिडियो युट्युवबाट तत्काल हटाउन चेतावनी दिएकी छन् ।

गायक प्रकाश सपूतले सार्वजनिक गरेको म्युजिक भिडियोले जनयुद्धमा सहभागी महिलालाई अपमानित गर्ने कार्य गरेकोले तत्काल हटाउन उनले शनिबार फेसबुममार्फत् चेतावनी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युटयुवमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ?’

सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट भिडियो नहटाइए गैरजिम्मेवार हर्कत सहेर नबस्नेसमेत अध्यक्ष सिंहले चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : २० बजे

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा