कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो  « Khabarhub

कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले आममाफीको समयावधि अप्रिल अन्तिमसम्म थपेको छ । कतारको आन्तरिक मन्त्रालयले कानुन उल्लङ्घन गरी बसेका आप्रवासीहरूको अवस्थालाई वैधानिक भएर बस्न वा बिना जरिवाना मुलुक छोड्न दिएको समय अवधि ३० अप्रिलसम्म थपिदिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कानुन उल्लङ्घन गर्ने सबै प्रवासीहरूले खोज तथा अनुगमन विभागमा सेटलमेन्ट आवेदन बुझाउनुपर्ने र एक रोजगारदाताबाट अर्को रोजगारदातामा सरुवा गर्न इच्छुक व्यक्तिले विभागमा आफ्नो निवेदन पेस गर्नुपर्ने जनाएको छ।

मन्त्रालयले अप्रिल ३० तारिखसम्म कानुन उल्लङ्घन गर्ने जोकोहीलाई दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको केन्द्रमा जान सुझाव दिएको छ । पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार अवैध श्रमिकबाट २८ हजारभन्दा बढीले निवेदन दिएका छन् भने ८ हजार २ सय २७ जना स्वदेश फर्किएका छन् । ६ हजारले वैधानिकता पाएका छन्।

यसअघि मन्त्रालयले आममाफीको समय दुई पटक थप गरिसकेको थियो । मन्त्रालयले थपिएको समयलाई सदुपयोग गर्दै फाइदा लिन आग्रह गरेको छ। कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरूको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो ।

कतार सरकारले आममाफीको समय अवधि थप गरेसँगै अवैधानिक रूपमा बसेका थुप्रै नेपाली कामदार पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। तीमध्य ११ हजार ९० जना महिला हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित