एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्को सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ।  ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्तन्तरण गरेको संघका प्रवक्ता सोम सापकोटा जानकारी दिए   ।

कार्यक्रममा मेयर रेनु दाहालले पसिना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गरेकाे भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा बद्री केसीले भइपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताए।

नेपालबाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोबास गर्दै आइरहेको र ती सबैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताए। भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरू तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति  थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ३४ बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।