साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती « Khabarhub

साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ ।

एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभीनीत साउथ फिल्म ‘आरआरआर’ले हालै विश्व बजारमै तहल्का मच्चाइसकेपछि अहिले ‘केजीएफ २’ ले नयाँ रेकर्ड बनाउने अनुमान भइरहेको छ ।

यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वाभाविक हो । केही दिन अगाडि मात्र बलिउड सुपरस्टार सलमान खानले एसएस राजामौली निर्देशित फिल्मलाई बधाई दिँदै तेलुगू फिल्मको सफलतालाई लिएर प्रश्न गरेका थिए । ‘हाम्रा फिल्म उनीहरूको राज्यमा चल्दैन । जबकि, उनीहरूको फिल्म पूरा देशमा सफल भएको छ ’ सलमानले गरेको यो प्रश्नको जवाफ यशले दिएका छन् ।

‘केजीएफ स् च्याप्टर २’ को प्रमोसनकै क्रममा उनले सलमानलाई जवाफ दिएका हुन् ।’हाम्रो फिल्म छिटै अल इन्डिया चल्ने बनेका होइनन् । यसको लागि कडा मेहनत गरेका छौँ । हामीले हिन्दी डबिङ गरेर फिल्म प्रदर्शन गर्दा हाम्रो मजाक पनि उडेको थियो । तर, त्यहीँ कारणले हाम्रो परिचय इन्डिया भर भयो” यशले भने । उनले पछिल्लो समय दर्शकले खोजेको कन्टेन दिन सकेको कारण नै साउथ इन्डियन फिल्म इन्डियासँगै विश्व बजारमा सफल भइरहेको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ३२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।