भारतमा दुर्घटनाग्रस्त केबलकारबाट उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु « Khabarhub

भारतमा दुर्घटनाग्रस्त केबलकारबाट उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्घटनापछि रोकिएको केबलकारमा फसेका यात्रुको उद्धार गर्ने क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

पूर्वी राज्य झारखण्डको देओघर जिल्लास्थित त्रिकुट केबलकारमा प्राविधिक गडबडी आएपछि यात्रु बीचमै फसेका हुन् । आइतबार भएको दुर्घटना फसेका दुई जनाको अझै उद्धार हुन नसकेको भारतको एनडीटीभीले जनाएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएका दुर्घटनास्थलको एक जना हेलिकोप्टरबाट खसेको देखिन्छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको जनाइएको छ । अरु ४० जनाभन्दा धेरैको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फसेका मानिसहरुलाई चालकरहित हवाई उपकरण ड्रोनको मद्दतबाट खानेकुरा र पानी पुर्‍याइने गरिएको छ । उद्धारकार्यका लागि भारतीय वायुसेना, राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ), सेना र भारत–तिब्बत सीमा प्रहरी परिचालन गरिएको छ ।

यता झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले भने दुर्घटनाको उच्चस्तरीय अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले ट्विटरमार्फत अनुसन्धानको निर्देशन दिइएको बताएका हुन् ।

झारखण्ड पर्यटन विभागका अनुसार ७ सय ६६ मिटर लामो त्रिकुट रोपवे भारतकै सबैभन्दा अग्लो र ठाडो रोपवे हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : ०७ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु