पर्खाइमै सञ्जय « Khabarhub

पर्खाइमै सञ्जय


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्‍यो।

राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनी प्रति दर्शकको मनमा श्रद्धा पनि बढायो । फिल्म हेर्नेले संजयको जीवनलाई बुझे । त्यसपछि संजयको फिल्म नभएका होइनन् । तर, कुनै फिल्मले दर्शकको साथ पाउन सकेन किनकी फिल्म नै राम्रो थिएनन् ।

सञ्जय आफैँले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शकको माया नपाएपछि उनले यतिबेला ‘मुन्नाभाई चले अमेरिका’ मा काम गर्ने मन बनाए । उनले आफ्नो नजिकका निर्देशक हिरानीलाई फिल्मलाई सक्दो चाडो फ्लोरमा लान आग्रह समेत गरेका छन् । हिरानीको डेब्यु फिल्म मुना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्नाभाई । यी दुई फिल्मले सञ्जय दत्तको छवि मात्र बदलिएन, बलिउडमा धर्मराएको करियरलाई अगाडि समेत बढायो ।

तेस्रो सिरिजको चर्चा चल्दै गर्दा सञ्जय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यतिबेला पनि फिल्मको प्रतिक्षा छ । दर्शकसँगै फिल्मको प्रतिक्षा सञ्जयलाई पनि छ । उनी आफ्नो करियरलाई अगाडि बढाउन मुन्ना भाइ सिरिजलाई दर्शक माझ ल्याउन चाहन्छन् । यद्यपि निर्देशक हिरानी पछिल्लो समय शाहरुख खानलाई लिएर फिल्म निर्माण गर्ने तयारीमा छन् ।

यही अप्रिलबाट फिल्मको छायांकन हुने भारतीय मिडियामा उल्लेख छ । यसले गर्दा सञ्जय पर्खाइ अझै बढ्ने देखिन्छ । तत्कालीन समयमा अमेरिकन राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा रहे ता पनि यतिबेला स्क्रिप्टलाई तयार गर्दा फेरिदो दर्शकको स्वादलाई ध्यान दिनु जरुरी रहेकाले पनि हिरानीले काम सुरु गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ०० बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन