मंगलबारदेखि खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु « Khabarhub

मंगलबारदेखि खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएको छ ।

मंगलबारदेखि आगामी ४ वैशाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) खोप दिनेगरी अभियान सुरु गरिएको हो ।

मङ्गलबार दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रताप शाहले स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो ।

१५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।

यस्तै, खोप लगाएकालाई कुनै समस्या देखिएमा समाधान गर्नका लागि १० जनाको टिम तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ०९ बजे

तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा आगलागी भएको छ । आगलागीपछि

चमतीमा रास्वपाको केन्द्रीय सचिवालय बैठक

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बसिरहेको

कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

एजेन्सी– कम्बोडियाले मंगलबार सीमापार मोर्टार फायर गरी थाइ सैनिकलाई घाइते

सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस 

सर्लाही– ‎जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत

एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत

काठमाडौं– नेकपा एमाले भोजपुर जिल्ला कमिटीको मंगलबार बसेको छैठौं पूर्ण