श्रीलंकाले विदेशी ऋण नतिर्ने « Khabarhub

श्रीलंकाले विदेशी ऋण नतिर्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट र अत्यावश्यक सामानको अभाव खेपिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएअनुसार त्यहाँको अर्थमन्त्रालयले विदेशी ऋण तिर्न नसकिने जानकारी दिएको हो । अर्थमन्त्रालयले विदेशी सरकारसहितका ऋणदाताहरुले श्रीलंकाली रुपैयाँमा भुक्तानी स्वीकार गर्न सक्ने समेत जनाएको छ ।

‘ऋण तिर्न निकै चुनातिपूर्ण र असम्भव हुँदै गएको अवस्था छ ।’ श्रीलंकाली राष्ट्रबैंकका गभर्नर पी नन्दलाल विरसिंघेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले वाह्य ऋण तिर्न भन्दा पनि अत्यावश्यक वस्तुको आयातमा ध्यान दिनुपर्नेछ ।’ उनले भने ।

हाल श्रीलंकामा विदेशी मुद्राको चरम अभाव रहेको जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा मार्च महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिती १ अर्ब ९३ करोड डलर बराबर छ भने श्रीलंकाले यो वर्षमात्र ४ अर्ब ऋण तिर्नुपर्ने छ ।

श्रीलंकाले ऋण कार्यक्रमका विषयमा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफसँग आगामी साता छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ५१ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ