नोकियाले पनि रुसमा व्यापार नगर्ने « Khabarhub

नोकियाले पनि रुसमा व्यापार नगर्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्डको टेलिकम सामग्री निर्माता कम्पनी नोकियाले पनि रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको छ ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लण्डमार्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार कम्पनीले रुसी बजारबाट बाहिरिने निर्णय लिएको छ ।

‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ ।’ लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार रुसी बजारबाट बाहिरिएपनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा भने प्रदान गरिरहनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजारमा व्यापार बन्द गरेका बेला नोकियाले यस्तो निर्णय गरेको हो ।

यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो । रोयटर्सका अनुसार नोकियाले यस परियोजनाबाट पनि हात झिकेको छ ।

रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ । यद्यपि प्रमुख कार्यकारी लण्डमार्कले यिमध्ये केहीलाई विश्वका अरु ठाउँमा पनि कामको अवसर दिइने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ११ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि