नोकियाले पनि रुसमा व्यापार नगर्ने « Khabarhub

नोकियाले पनि रुसमा व्यापार नगर्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्डको टेलिकम सामग्री निर्माता कम्पनी नोकियाले पनि रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको छ ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लण्डमार्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार कम्पनीले रुसी बजारबाट बाहिरिने निर्णय लिएको छ ।

‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ ।’ लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार रुसी बजारबाट बाहिरिएपनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा भने प्रदान गरिरहनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजारमा व्यापार बन्द गरेका बेला नोकियाले यस्तो निर्णय गरेको हो ।

यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो । रोयटर्सका अनुसार नोकियाले यस परियोजनाबाट पनि हात झिकेको छ ।

रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ । यद्यपि प्रमुख कार्यकारी लण्डमार्कले यिमध्ये केहीलाई विश्वका अरु ठाउँमा पनि कामको अवसर दिइने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित