रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप « Khabarhub

रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् ।

‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी फौजबाट भएको भनिएको रासायनिक आक्रमणको अपुष्ट दाबीको युक्रेन सरकारले जाँच गरिरहेको जानकारी दिइन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरको एजोभ्स्टल औद्योगिक क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता युक्रेनका साझेदारहरू अमेरिका र बेलायत रासायनिक हतियार प्रयोग भएको भन्ने विवरणको पुष्टि गर्ने प्रयासमा रहेको रोयटर्सले जनाएको छ ।

रासायनिक हतियारबारे सन् १९९७ को अभिसन्धिअनुसार रासायनिक हतियारको उत्पादन, प्रयोग र भण्डारण गर्न बन्देज छ । यद्यपि रुसले मारिउपोलमा प्रयोग गरेको भनिएको सेतो फस्फोरस भने यो अभिसन्धिले प्रतिबन्ध लगाएका रासायनिक हतियारको सूचीमा समावेश छैन ।

यसबारे रुसी रक्षा मन्त्रालयबाट कुनै टिप्पणी नआएको जनाइएको छ । यद्यपि रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी समूहले भने कुनै किसिमको रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ३३ बजे

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा