रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप | Khabarhub Khabarhub

रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् ।

‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी फौजबाट भएको भनिएको रासायनिक आक्रमणको अपुष्ट दाबीको युक्रेन सरकारले जाँच गरिरहेको जानकारी दिइन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरको एजोभ्स्टल औद्योगिक क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता युक्रेनका साझेदारहरू अमेरिका र बेलायत रासायनिक हतियार प्रयोग भएको भन्ने विवरणको पुष्टि गर्ने प्रयासमा रहेको रोयटर्सले जनाएको छ ।

रासायनिक हतियारबारे सन् १९९७ को अभिसन्धिअनुसार रासायनिक हतियारको उत्पादन, प्रयोग र भण्डारण गर्न बन्देज छ । यद्यपि रुसले मारिउपोलमा प्रयोग गरेको भनिएको सेतो फस्फोरस भने यो अभिसन्धिले प्रतिबन्ध लगाएका रासायनिक हतियारको सूचीमा समावेश छैन ।

यसबारे रुसी रक्षा मन्त्रालयबाट कुनै टिप्पणी नआएको जनाइएको छ । यद्यपि रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी समूहले भने कुनै किसिमको रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ३३ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच