फुटसलमा नेपालको लगातार तेश्रो हार « Khabarhub

फुटसलमा नेपालको लगातार तेश्रो हार


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो ।

नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ ।

यसअघि सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा उज्बेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता अघि भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल किर्गिज क्लब डर्डोइसँग ३–१ र दोस्रो मैत्रीपूर्ण खेलमा फरवाटर एफसीसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

‘हामीले अघिल्ला वर्षभन्दा धेरै मेहेनत गरेका थियौँ । दुःखद कुरा हो, हामी छनोट हुन सकेनौँ । तर, आगामी वर्ष हामी गल्ती सुधारेर जित्नको लागि पक्कै आउने छौँ ।’ राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेल सकिएपछि प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ३८ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्