आँधीका कारण फिलिपिन्समा २५ जनाको मृत्यु « Khabarhub

आँधीका कारण फिलिपिन्समा २५ जनाको मृत्यु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको मेगी नामक आँधीबाट फिलिपिन्सको पूर्वी तटीय क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्धार टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

भीषण वर्षा र हावाले विद्युत आपूर्तिमा अवरोध पुर्‍यउनुका साथै घर तथा मैदान जलमग्न बनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिँडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरिएका छन् ।

बाढीपहिरोबाट लेटे प्रान्त सबैभन्दा बढी प्रभावित रहेको जनाइएको छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘म रोइरहेको थिए, किनकी त्यहाँ मैले चिनेका मानिसहरू पुरिएका छन् र हाम्रो घर छेउमा पनि पहाड रहेकाले मलाई डर लागेको थियो’, लेटेका एक स्थानीयले समाचार संस्था एएफपीलाई भने ।

लेटेमा २२ जनाबाहेक फिलिपिन्सको दक्षिणमा रहेको डभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ । 

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : २८ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८