यस्तो छ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय (भिडियोसहित) « Khabarhub

यस्तो छ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय (भिडियोसहित)


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल र सिट बाँडफाँटका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यी निर्णयहरू गरेको हो ।

यस्तो छ पाँच दलीय गठबन्धनको निर्णयः

१. महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख/उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगरपालिका/गाउँपालिकाका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षको सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने ।

५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्ने ।

६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

https://www.facebook.com/khabarhubofficial/videos/1020276528873060

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ३५ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि