लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना « Khabarhub

लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो ।

प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ ।

उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक लकडाउनको उल्लङ्घन गरेको विषयमा बेलायतको मेट्रोपोलिटन प्रहरीले अनुसन्धान गरेको थियो ।

यसअघि प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेको पहिचान सार्वजनिक नगर्ने जनाएको थियो । यद्यपि १० डाउनिङ स्ट्रिटले भने यदी प्रधानमन्त्रीमाथि प्रहरीले कारवाही गरेको भए यसलाई सार्वजनिक गरिने जनाएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ०७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट