लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना « Khabarhub

लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो ।

प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ ।

उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक लकडाउनको उल्लङ्घन गरेको विषयमा बेलायतको मेट्रोपोलिटन प्रहरीले अनुसन्धान गरेको थियो ।

यसअघि प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेको पहिचान सार्वजनिक नगर्ने जनाएको थियो । यद्यपि १० डाउनिङ स्ट्रिटले भने यदी प्रधानमन्त्रीमाथि प्रहरीले कारवाही गरेको भए यसलाई सार्वजनिक गरिने जनाएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ०७ बजे

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार

विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस्

काठमाडौं– महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने