पाकिस्तानमा विद्युतको अभाव, अघोषित लोडसेडिङ शुरु « Khabarhub

पाकिस्तानमा विद्युतको अभाव, अघोषित लोडसेडिङ शुरु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा विद्युतको अभाव हुन थालेसँगै अघोषित लोडसेडिङ शुरु भएको छ । पाकिस्तानको एआरवाई टेलिभिजन च्यानलले जनाएअनुसार पाकिस्तानमा ५ हजार मेगावाट विद्युत अपुग छ ।

समाचारमा जनाइएअनुसार कोइला, ग्यास र तेलबाट सञ्चालन हुने केही उर्जा उत्पादन केन्द्रहरु बन्द गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा मात्रै ३ देखि १० घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ ।

लाहोर इलेक्ट्रिसिटी सप्लाई कम्पनी लिमिटेड लेस्को नामक उर्जा कम्पनीमा मात्रै १ हजार मेगावाट विद्युत अपुग छ । ४१ सय मेगावाट माग रहेपनि हाल ३१ सय मेगावाटको मात्रै आपूर्ति रहेको जनाइएको छ ।

केही आणविक ऊर्जाबाट चल्ने उर्जा केन्द्रले पनि क्षमता अनुसार विद्युत उत्पादन गर्न नसकेको एआरवाईको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : २४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को