आईपीएल : राजस्थानमाथि दिल्लीको जित « Khabarhub

आईपीएल : राजस्थानमाथि दिल्लीको जित

आज चेन्नई र मुम्बई खेल्दै


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थान दिल्लीसँग ८ विकेटले पराजित भएको हो। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टाएको थियो।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। यो जितसँगै पाँचौ स्थानमा पुगेको दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ।

राजस्थान १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा छ। आईपीएलमा बिहीबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्।

लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ भने ४ अंकमात्र जोडेको मुम्बई तालिकाको अन्तिममा छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ५४ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको