भरतपुरमा मेयरका उम्मेदवार कसले कहाँबाट मतदान गर्दैछन् ?  « Khabarhub

भरतपुरमा मेयरका उम्मेदवार कसले कहाँबाट मतदान गर्दैछन् ? 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – यसपटकको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगर चर्चामा छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवारमा दोहोरिएपछि सबैको ध्यान भरतपुरमै केन्द्रित भएको हो । यसकारण पनि उनीसहितका अन्य उम्मेदवारले कहाँबाट मतदान गर्छन् भन्ने चासोको विषय बनेको छ।

मेयर उम्मेदवार रेणुले भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।

त्यसैगरी नेकपा (एमाले)का मेयरका उम्मेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशील साझाका मेयरका उम्मेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : ५६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती