ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति  « Khabarhub

ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले विदेश यात्राको लागि अनुमति मागेकी छिन् ।

उनले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । उनले युएईको अबुधाबी,नेपाल र फ्रान्स यात्राको लागि अनुमति मागेकी हुन् । उनी अबुधाबीमा आइफा अवार्डमा सहभागी हुनेछिन् भने नेपालमा दबंग टुरमा । यसका लागि उनले अदालतबाट विदेश यात्राको अनुमति लिनुपर्ने छ । 

बीबीसीसँगको कुरा गर्दै वकिल अजित सिंहले ज्याक्लिनलाई राहदानी फिर्ता दिन पनि माग गरेको बताएका छन् । ‘वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै यो निवेदन दायर गरिएको हो ।’ वकिल सिंहले बिबिसीसँगको कुराकानीका क्रममा भनेका छन् । वकिल सिंह एक्ट्रेस फर्नान्डिसका कानुनी सल्लाहकार समेत हुन् । सन् २००९ देखि भारतमा बसेर बलिउडमा सक्रिय ज्याक्लिन भारतकी नभई श्रीलंकाकी नागरिक हुन् 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।