ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति  « Khabarhub

ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले विदेश यात्राको लागि अनुमति मागेकी छिन् ।

उनले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । उनले युएईको अबुधाबी,नेपाल र फ्रान्स यात्राको लागि अनुमति मागेकी हुन् । उनी अबुधाबीमा आइफा अवार्डमा सहभागी हुनेछिन् भने नेपालमा दबंग टुरमा । यसका लागि उनले अदालतबाट विदेश यात्राको अनुमति लिनुपर्ने छ । 

बीबीसीसँगको कुरा गर्दै वकिल अजित सिंहले ज्याक्लिनलाई राहदानी फिर्ता दिन पनि माग गरेको बताएका छन् । ‘वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै यो निवेदन दायर गरिएको हो ।’ वकिल सिंहले बिबिसीसँगको कुराकानीका क्रममा भनेका छन् । वकिल सिंह एक्ट्रेस फर्नान्डिसका कानुनी सल्लाहकार समेत हुन् । सन् २००९ देखि भारतमा बसेर बलिउडमा सक्रिय ज्याक्लिन भारतकी नभई श्रीलंकाकी नागरिक हुन् 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ४२ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार