आचारसंहिताविपरीत बारामा खुलेआम मादक पदार्थ बिक्री  « Khabarhub

आचारसंहिताविपरीत बारामा खुलेआम मादक पदार्थ बिक्री 


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री गरिएको भेटियो । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । तर, मादक पदार्थ बिक्री वितरण भने भइरहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन दिएको निर्देशनविपरीतका कार्य भइरहेका छन् । 

बाराको सबै पालिकामा खुलेआम मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन भइरहेको पनि सम्बन्धित निकाय मैन देखिन्छ । बुधबार राति ९ बजेसम्म पनि बाराका बिभिन्न ठाँउमा मादक पदार्थ बिर्की भइरहेको पाइयो ।    

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बारामा १६ वटै पालिकामा हाल मादक पदार्थ निषेध भएकाले कोही कसैले उल्लंघन गरेको भए कारबाही गरिने जानकारी दिए । 

सोमबार जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ तर बारामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश कागजमा मात्रै सीमित भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १२ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया