माल्विकासँग हरर फिल्म गर्दै प्रभास « Khabarhub

माल्विकासँग हरर फिल्म गर्दै प्रभास


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाहुबली सिरिज मार्फत चर्चामा आएका अभिनेता प्रभासले त्यसपछि एक्सन जनराकै फिल्म गरिरहेका छन् ।

पछिल्लो समय राधे ‘श्याम’ नामक लभ स्टोरीमा देखिएका प्रभासले सफलता पाउन सकेनन् । अर्थात् उनलाई दर्शकले रोमान्टिक अवतारमा स्वीकारेनन् । यसैले गर्दा हुन् सक्छ उनले नयाँ फिल्म ‘हरर’ जनराको रोजेका छन् । आदिपुरुष, सलार, प्रोजेक्ट के जस्ता एक्सन, थ्रिलर , साइन्स फिक्सन जनराका फिल्महरु गरिरहेका प्रभासले ‘राजा डिलक्स’ नामक हरर फिल्ममा काम गर्ने तयारी गरिरहेका छन् । 

फिल्ममा प्रभासको को-स्टार माल्विका मोहन हुनेछिन् । फिल्मको छायांकन सेटमै हुनेछ । यसलाई प्रभासले दुई सेड्युलमा पुरा गर्ने योजना बनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार प्रभासले फिल्मको कथा पढेपछि हरर जनरामा ट्राइ गर्ने मनसाय बनाएका हुन् । फिल्म मारुती दसारीको निर्देशनमा बन्ने छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : १६ बजे

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण