उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला « Khabarhub

उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियामा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएको उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले जनाएको छ ।

राजधानी प्योङ्याङमा फेला परेका संक्रमितको संख्याबारे भने केसीएनएले कुनै विवरण उपलब्ध नगराएको बीबीसीले जनाएको छ । चार दिनअघि प्योङ्याङमा कोरोना संक्रमण भेटिएको केसीएनएको भनाइ छ ।

दक्षिण कोरियाको राजधानी सोलमा आधारित रही उत्तर कोरियाको निगरानी गर्दै आएको एनके न्युजले भने कोरोना भाइरसबारे पछिल्लो विवरण सार्वजनिक हुनुअघि नै प्योङ्याङमा दुई दिनसम्म लकडाउन लागू गरिएको दाबी गरेको छ ।

त्यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भेरियन्टको भएको पनि पाइएको समाचारमा जनाइएको छ । संक्रमण पुष्टि भएपछि उत्तर कोरिया सरकारले यसलाई राष्ट्रिय संकटको अवस्थाको रुपमा घोषणा गरेको समेत जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको केसीएनएले जनाएको छ ।

यद्यपि उत्तर कोरियामा यसअघि नै कोरोना भाइरस देखिसकेको भएपनि सरकारले यसबारे जानकारी उपलब्ध नगराएको टिप्पणी हुँदै आएका छन् ।

कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय खोप कार्यक्रममा सहभागी नभएका कारण उत्तर कोरियाका २ करोड ५० लाख जनसंख्या संक्रमणको उच्च जोखिममा रहेको समेत जनाइएको छ ।

यसबाहेक उत्तर कोरियाको कमजोर स्वास्थ्य संरचनाका कारण पनि खतरा उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि आफ्नो मुलुकमा कोरोना भाइरस रोक्न भन्दै उत्तर कोरियाले सन् २०२० मा नै आफ्नो सीमानाका बन्द गरिदिएको थियो ।

यसबाट विदेशबाट हुने अत्यावश्यक वस्तुको आपूर्ति ठप्प हुँदा खाद्यान्नको अभाव र त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पुगेको बीबीसीले जनाएको छ ।

केसीएनएका अनुसार सर्वोच्च नेता किमले भाइरस नियन्त्रण गर्न ‘सर्वाधिक आपतकाल’ को घोषणा गरेका छन् । यससँगै केही स्थानमा लकडाउन र कार्यक्षेत्रमा विशेष बन्देजको व्यवस्था मिलाइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ३७ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका