साउथ फिल्ममा बलिउड सुन्दरीहरू  « Khabarhub

साउथ फिल्ममा बलिउड सुन्दरीहरू 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । 

विक्रम अभिनीत आई, रजनीकान्त अभिनीत रोबर्ट, प्रभास अभिनीत बाहुबली, यश अभिनीत केजीएफ, अल्लु अर्जुन अभिनीत पुष्पा, राम चरण र जुनिएर एन्टीआर अभिनीत आरआरआर लगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा बढेको छ । बलिउडमा साउथका भइरहेका रिमेक भन्दा पनि साउथकै फिल्महरू डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन बढ्यो । यसका साथै केही समययता बलिउड सुन्दरीहरू समेत साउथ इन्डियन फिल्ममा आकर्षित छन्।

साउथ फिल्मका सुन्दरीहरू रश्मिका मन्दना, सामन्था, नयनतारा, कृति सुरेश बलिउड फिल्ममा डेब्यु गर्ने तयारी भइरहँदा केही बलिउडका अभिनेत्रीहरू साउथ फिल्ममा देखिँदैछन्। केहीले डेब्यु गरिसकेका छन् भने केही तयारीमा छन् । पछिल्लो समय बलिउडमा फिल्म निर्माण गरिरहेका प्रोडक्सन हाउसहरू साउथ इन्डियन फिल्ममा लगानीकर्ताको रूपमा साझेदारी गर्ने क्रम बढेपछि बलिउड सुन्दरीहरू पनि साउथ फिल्ममा बढ्दो छन्।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’मार्फत स्टार बने यश । उनको स्टारडमलाई सिक्वेल फिल्म ‘केजीएफ : च्याप्टर २’ ले बढाउने काम गर्यो । फिल्मले विश्वभरबाट ११ सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । यसै फिल्म मार्फत साउथमा बलिउड सुन्दरी रविना टन्डनको डेब्यु भएको छ । उनले आउँदो साउथ फिल्महरूमा समेत काम गर्ने तयारी गरिरहेको बुझिएको छ । 

करीना कपूर खान पनि साउथ फिल्ममा डेब्यु गर्ने खबर आइरहेका छन् । कवीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने फिल्म ‘स्प्रिट’ मार्फत साउथमा डेब्यु गर्ने तयारीमा छिन् करीना । फिल्ममा उनको को–स्टार प्रभास हुनेछन् । प्रभास पछिल्लो समय साउथ फिल्मका सुपरस्टार हुन् । बाहुबली सिरिज पश्चात उनको फ्यान फ्लोअर्स निकै बढेको छ । यस्तै, प्रभासलाई बाहुबली बनाउने निर्देशक एसएस राजामौलीको निर्देशित फिल्म ’आरआरआर’मार्फत अलिया भट्टले पनि साउथ फिल्ममा डेब्यु गरिसकेकी छिन् । 

निर्देशक नाग आश्विनले निर्देशन गर्ने भनिएको फिल्म ‘प्रोजेक्ट के’ मा प्रभासको जोडी बनेकी छिन्, दीपिका पादुकोण । यो उनको साउथ फिल्ममा डेब्यु हो। तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने साइन्स फिक्सन फिल्मलाई लिएर दर्शक पनि उत्तिकै उत्साहित छन् । फिल्ममा अमिताभ बच्चनको अभिनय पनि रहनेछ । बलिउडमा पछिल्लो समय ‘परम सुन्दरी’ को ट्याग पाएकी एक्ट्रेस कृति सेनन पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । उनले पनि दीपिकाझैँ स्टार प्रभाससँग जोडी बनेर डेब्यु गर्न लागेकी हुन् । ‘तान्हाजी’ फिल्म निर्देशन गरेका ओम राउतको निर्देशनमा तयार हुने फिल्म ’आदिपुरुष’ मा कृति सेनन देखिने छिन्।

रोबर्टमा काम गरेर साउथ फिल्ममा अभिनय गरिसकेकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पुनः साउथ फिल्ममा देखिने भएकी छिन् । निर्देशक मणिरत्नमको एक प्रोजेक्टमा उनको जोडी विक्रमसँग बाँधिने छ ।

यस्तै, बलिउड सुन्दरी अनन्या पाण्डे पनि पुरी जगन्नाथ निर्देशित फिल्म ’लाइगर’ मा देखिँदैछिन् । फिल्ममा साउथ इन्डिया अभिनेता विजय देवरकोण्डाको अभिनय रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ३० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा