धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ « Khabarhub

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झूटा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् । साथीको घरमा खाना खान गएपछि पैसा बाँड्न आएको भन्दै केहीले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भने । 

धनुषामा रहेका अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान गएका थिए । प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उनको भनाइ छ । 

प्रहरीले उद्धार गरेर उनलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ । मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै होहल्ला गरेको प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १ : ४८ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका