श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने | Khabarhub Khabarhub

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् ।

उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए ।

हिंसात्मक प्रदर्शनले उग्र रूप लिँदै गर्दा श्रीलंकामा गत सोमबार प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । प्रदर्शनकारीबाट बच्न हाल उनी नौसेनाको शरणमा रहेको बताइएको छ ।

नयाँ प्रधानमन्त्रीमा यसअघि पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रधानमन्त्री रणिल विक्रमासिंघेको नाम अग्रपङ्क्तिमा रहेको भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

उनी २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताए ।

देशव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘म संसद्‍मा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकटसँगै खाद्यान्न, इन्धन र औषधिको चर्को अभाव र विद्युत कटौतीजस्ता समस्या उत्पन्न भएका छन् ।

श्रीलंकामा केही दिन यता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म नौ जनाको मृत्यु हुनुको साथै अन्य २ सय भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : ३५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु