श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने « Khabarhub

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् ।

उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए ।

हिंसात्मक प्रदर्शनले उग्र रूप लिँदै गर्दा श्रीलंकामा गत सोमबार प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । प्रदर्शनकारीबाट बच्न हाल उनी नौसेनाको शरणमा रहेको बताइएको छ ।

नयाँ प्रधानमन्त्रीमा यसअघि पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रधानमन्त्री रणिल विक्रमासिंघेको नाम अग्रपङ्क्तिमा रहेको भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

उनी २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताए ।

देशव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘म संसद्‍मा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकटसँगै खाद्यान्न, इन्धन र औषधिको चर्को अभाव र विद्युत कटौतीजस्ता समस्या उत्पन्न भएका छन् ।

श्रीलंकामा केही दिन यता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म नौ जनाको मृत्यु हुनुको साथै अन्य २ सय भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : ३५ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको