धनुषामा स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा « Khabarhub

धनुषामा स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । 

जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित छ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  निर्वाचन अन्तर्गत आज मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी दिइने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा ३२३ मतदान स्थल र ५९६ मतदान केन्द्र कायम गरिएको छ । 

निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ भने मदिरा बिक्री वितरणमा निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार आदेश जारी गरिएको जानकारी दिए ।

 मङ्गलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभरि सबै प्रकारका मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै मङ्गलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ३ : ०८ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु