मौन अवधिका लागि अनुगमन प्रभावकारी « Khabarhub

मौन अवधिका लागि अनुगमन प्रभावकारी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । 

सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिए। मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने गरेको जनाउँदै उनले त्यस सम्बन्धमा अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए।

मतदान गर्ने समय नजिकिँदै गरेका अवस्थामा आचारसंहिता विपरीत मतदाता प्रभावित गर्न हुनसक्ने पैसाको चलखेललगायतका गतिविधि रोक्न आज सबै सुरक्षा निकाय, निर्वाचन एवं प्रशासनका पदाधिकारी सहितको टोली अनुगमनका लागि परिचालन हुने उनले जानकारी दिए।

 अनुगमनका लागि करिब २० गाडी परिचालन गर्ने तयारी गरिएको जनाइएको छ । जिल्लामा भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकासहित चार वटा गाउँपालिका माछापुच्छ्रे, मादी, रुपा र अन्नपूर्ण छन् । यस निर्वाचनमा पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन्,भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।

     त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतादाता  छन् । निर्वाचनका लागि जिल्लामा ३३६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले