चीनमा उड्न लागेको विमानमा आगलागी « Khabarhub

चीनमा उड्न लागेको विमानमा आगलागी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ ।

११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ ।

सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आगलागी भइरहेको विमानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । त्यस्तै भिडियोमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूले विमानमा पानी हालिरहेको समेत देखिन्छ ।

तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : १० बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी