मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान  « Khabarhub

मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान 


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो । 

छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय मुगुका निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए ।

निर्वाचनलाई शान्त सुरक्षित भयरहित वातावरणमा सम्पन्न गर्न सबै निर्वाचन कार्यालयमा सीसी क्यामेरा जडान अनिर्वाय गर्नुपर्ने अवस्था भएको हुँदा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको सापकोटाको भनाइ छ । 

मुख्य निर्वाचन अधिकृतका अनुसार केन्द्रीय निर्देशनअनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन गरिएको छ ।  सीसी क्यामेरा जडानपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै मौसमको बदलीअनुसार निर्वाचन अधिकृतको कार्यालयमा वर्षा हुने सम्भावना भएको हुँदा जिल्लाका मतदान स्थलहरूमा आवश्यकताअनुसारको पाल र अन्य बन्दोबस्त मिलाउन निर्देशन दिइएको छ । 

यदि त्यस्तो भैपरी आउने समस्यालाई समाधान गर्न केही समय निर्वाचनलाई स्थगित गरेर भए पनि व्यक्तिगत घरमा भए पनि निर्वाचन सम्पन्न गर्ने सापकोटाको भनाइ छ ।  

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ४ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया