मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने  « Khabarhub

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रसारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । 

आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासबिना आवतजावत गर्ने व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो । 

साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : ३५ बजे

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका

कांग्रेसको १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका अनुमोदन

काठमाडौं – नेपाली कांग्रेसको १८ पुसमा बसेको कार्यसम्पादन समितिले आगामी

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ