भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न साइकल यात्रा हुँदै « Khabarhub

भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न साइकल यात्रा हुँदै


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ ।

३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरु हुने यात्रामा सहभागीले भक्तपुरका विभिन्न महाविहार, बाहा, बही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने छन् । 

साइकल यात्रा धर्मोत्तम महाविहार (मुनि विहार) खँचाबाट सुरू भइ इन्द्रवर्ण महाविहार इनाचो,  मंगल धर्मदीप महाविहार( झौरबही) गोलमढी, लुँ बहा, सुकुलढोका चतुरब्रह्म महाविहार साकोठाबाट टौमढी हुँदै अखण्डशील महाविहार–बोलाछेँ, नासमना पुग्नेछ । त्यहाँंबाट पुनः खौमा बहा–खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य)– इनाछेँ, जेतवर्ण महाविहार–तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही–नः पुखू, पुण्य जेतवन महाविहार– इटाछे पुग्नेछ । त्यहाँंबाट पुनः भक्तपुर दरबार स्वायर–बालाखु–त्रिपुरासुन्दरी–छुमागणेश–महालक्ष्मी–वाउँ बहा, बेखाल, प्रशन्नशील महाविहार– क्वाथन्दौबाट नवदुर्गा– गछें पुग्नेछ । त्यहाँबाट पुनः आदिपद्म महाविहार–सूर्यमढीबाट जेंंला–वाचु टोल हुँदै पुनः मुनिविहारमा पुगेर समापन हुने छ । 

सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीको बारे यात्राको दौरान जानकारी दिनेछन् । भक्तपुरका युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणको बारे सचेत बनाउन अध्ययन भ्रमण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोकन गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमन्त्रणा गर्दै भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले योगदान गर्न आयोजकको तर्फबाट साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले आह्वान गरेका छन् । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ५ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया