‘दुःखद् कोसेढुङ्गा’ – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख पुग्यो « Khabarhub

‘दुःखद् कोसेढुङ्गा’ – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख पुग्यो


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसले अमेरिकामा कोरोना भाइरसको महामारी शुरु भएयता हालसम्म १० लाख मानिसहरूले ज्यान गुमाएको जानकारी दिएको हो ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘दुखद कोसेढुङ्गा’ को रुपमा टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसका कारण भएका हरेक मृत्युलाई ‘विस्थापन गर्न नसकिने क्षति’ को रुपमा टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण भएको मृत्युको आधिकारिक तथ्यांक विश्वकै सबैभन्दा धेरै हो । यद्यपि विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने विश्वका अन्य मुलुकमा कोरोना भाइरसबाट यो भन्दा धेरै मानिसहरुको मृत्यु भएको आशंका गर्दै आएको छ ।

यसबाहेक अमेरिकामा हालसम्म ३३ करोड कूल जनसंख्या मध्ये अमेरिकामा ८ करोड भन्दा धेरै मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा सर्वप्रथम सन् २०२० को जनवरी २० मा पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु