नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । 

साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हो । बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । 

५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो । आइतबारदेखि बुधबारसम्म एक सय ३० ले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो । 

बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ ।  सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

 बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी बेहोरे । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ३१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ