कोरोना भाइरसको पहिलो संक्रमित फेला परेकै दिन उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण « Khabarhub

कोरोना भाइरसको पहिलो संक्रमित फेला परेकै दिन उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित देखिएको घोषणा गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले छोटो दूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

राजधानी प्योङ्यङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको जापानको एनएचके प्रसारण संस्थाले जनाएको छ ।

दक्षिण कोरियामा नयाँ कन्जरभेटिभ राष्ट्रपति युन सुक इयोलले शपथ ग्रहण गरेपछि उत्तर कोरियाले पहिलो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । यो यस वर्षको उत्तर कोरियाको १६ औं हतियार परीक्षण रहेको रोयटर्सले जनाएको छ ।

यसअघि गत शनिबार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र पनडुब्बीबाट प्रहार गर्न सकिने किसिमको रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४२ बजे

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२