रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा « Khabarhub

रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा मतदान केन्द्रमा कर्मचारी खटाउने, निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्‍याउने, सुरक्षाकर्मी खटाउने र मतदान केन्द्रको निर्माण गर्ने लगायतका सबै काम सकिएको छ । 

मतदान गर्नका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्रको निर्माण सकिएको छ । यसपटक वर्षाको सम्भावना भएकाले प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ । मतदान केन्द्रको निर्माण सकिएको र केही काम मात्र बाँकी रहेको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित पार्वतीकुण्ड मावि स्रोत केन्द्रका मतदान अधिकृत सिता गुरुङले बताइन् । 

निर्वाचनको सबै तयारी सकिएको र बिहान ७ बजेबाट मतदान सुरु गरिने आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीले बताए । मतदाताहरूको सजिलोको लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू छिटो मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

निर्वाचनमा खटिएका कर्मचारीले सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका छन् । बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम,  आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न सहज बनाउने लगायत विभिन्न विषयमा छलफल भएको छ ।

यसैगरी नयाँ मतदाताहरूलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ । निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

जिल्लामा  निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४८ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि