निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायसँग अपिल « Khabarhub

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायसँग अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसँग अपिल गरेको छ । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनलाई विश्वसनीय बनाउन मतदातालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक भएकाले निर्वाचनमा सबै पक्षको सहभागिताको सुनिश्चितता गराउन पनि आयोगले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गराउन, दृष्टिविहीन तथा अपाङ्ता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी लगायतलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न आयोगसँग अनुरोध गरे । उनले निर्वाचन पर्यवेक्षकहरूले आफ्नो सीमाभित्र रहेर तटस्थ रुपमा निर्वाचनको पर्यवेक्षण गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै दवाव र प्रभावमा नपरी निर्भीकताका साथ आफूले उपयुक्त ठानेको सक्षम जनप्रतिनिधि छनौट गर्न पनि मतदाताहरूसँग आग्रह गरे ।

आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको पनि जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : १७ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित