नरिवल खसाल्ने जात्रा सम्पन्न « Khabarhub

नरिवल खसाल्ने जात्रा सम्पन्न


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत बिहीबार लगनखेलको थटिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ ।

रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। त्यतिबेला रातो मच्छिन्द्रनाथलाई लगनखेल नपुर्‍याउन्जेल  पाटनवासी ढुक्क थिएनन्। जब पाटनमा पुर्‍याए त्यसपछि उनीहरू खुसी भएका थिए।

नरिवल खसाल्ने दिन रथको टुप्पोबाट योमरी पनि खसालिएको थियो। रथमाथिबाट खसालिएको नरिवल वा योमरी समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।थटिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि शुक्रबार बिहान ६ बजेअघि नै महिलाले रथ तानेर थटिचोक पुर्‍याउँदै छन् ।

नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।

 रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सकिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : १८ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित