रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे : मुस्लिम आयोगका अध्यक्ष अन्सारी « Khabarhub

 रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे : मुस्लिम आयोगका अध्यक्ष अन्सारी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् ।

अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको खण्डन गर्दै अन्सारीले एमालेका नेताहरू नै आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताएका हुन् । 

जनकपुरमा पैसा बाँडेको आरोप लागेका उनी बिहीबार साढे १२ बजेको फ्लाइटमार्फत काठमाडौँ आएका थिए । काठमाडौँमा आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै अन्सारीले भने, ‘एमाले नेता रघुवीर महासेठ र जुली महतो मेरो चरित्र हत्या गर्न लागेका छन् । उनीहरूले नै यस्तो फन्डा मच्चाएका हुन् ।’

आफू जुन पार्टीबाट सिफारिस भएर संवैधानिक आयोगको अध्यक्ष बनेको हो त्यही पार्टीका नेताले आफ्नो चरित्र हत्या गर्न लागेको उनले गुनासो गरे । आफू विशेष कामले बुधबार जनकपुर गएको र आजै काठमाडौं फर्किने कार्यतालिकानुसार काठमाडौं फर्किएको अन्सारीको दाबी छ । 

के भएको थियो ?

 उनले भने, ‘मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो ।

नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौं रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु । 

म कुनै पार्टीको नेता वा कार्यकर्ता होइन । म विशुद्ध मुस्लिम आयोगको प्रमुखको हैसियतले सिंगो मुस्लिम समुदायको उत्थान र विकासका लागि, मुस्लिम समुदायको सशक्तिकरणको लागि जुन जिम्मेवारी पाएको छु, त्यो जिम्मेवारी निर्वाह गर्दै आएको छु’ । 

म न कुनै पोलिटिकल पार्टीको लबिङका लागि गएको हो, न कुनै पार्टीलाई जिताउ, हराउ भन्ने अभियानमा गएको हुँ । तर, केही व्यक्तिहरूले जुन मलाई आरोप लगाउनुभयो केही समयदेखि एक किसिमले सूचना पनि पाएको थिएँ कि समिम अन्सारीको करिअर बर्बाद पारिदिन्छौँ । 

म हिजो एमाले पार्टीमा आबद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए । 

उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेको हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्यो । मलाई त्यो आरोप लगाउनुपर्थ्यो । तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ ।

यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।’

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ३३ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका