रसुवाको आठ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत « Khabarhub

रसुवाको आठ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको आठ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । 

जिल्लाको पाँच वटा स्थानीय तहमा तोकिएका मतदान केन्द्रहरू मध्ये ८ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका हुन् । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जसमध्ये जिल्लाको कालिका गाउँपालिकामा एक, गोसाइँकुण्ड गाउँपालिकामा पाँच र आमाछोदिङ्मो गाउँपालिकामा एक जना गरी आठ जना महिला मतदान अधिकृतको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । 

उनका अनुसार कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पस क मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा कुमारी सरिता जोशी खटिएकी छन् । आमाछोदिङ्मो गाउँपालिकाको पार्वतीकुण्ड मावि गोल्जुङ मतदान केन्द्रमा सिता गुरुङ मतदान अधिकृतको रूपमा खटिएकी छन् ।

उत्तरगया गाउँपालिकाको भूमिदेवी मा.वि. ठूलोगाउँ  केन्द्रमा ज्ञानु थापा मगर मतदान अधिकृतको रूपमा खटिएकी छन् । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ थुमन मतदान केन्द्रमा आकृति पन्थी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे मतदान केन्द्रमा शर्मिला कार्की, वडा नम्बर ५ स्याफ्रुबेँसी ख मतदान केन्द्रमा सम्झना क्षेत्री, गाउँफर्क राष्ट्रिय प्राथमिक विद्यालय बोकेझुण्डा मतदान केन्द्रमा सिता बेलबासे र रसुवा माध्यमिक विद्यालय धुन्चे मतदान केन्द्रमा गीता पोखरेल मतदान अधिकृतको रूपमा खटिएका छन् । 

महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनीहरूलाई जिम्मेवारी दिइएको उनले बताए । महिला मतदान अधिकृत तोकिएका यी मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा पुरुष समेत रहेका छन् । 

त्यसैगरी १५ वटा मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रूपमा महिला खटिएका छन् । महिला सहायक मतदान अधिकृत तोकिएका केन्द्रमा मतदान अधिकृत पुरुष पनि रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ४७ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको