मालदिभ्समा अब्दुल्लाह यामिनको ‘इण्डिया आउट’ अभियान विरुद्ध युवाहरूको प्रदर्शन « Khabarhub

मालदिभ्समा अब्दुल्लाह यामिनको ‘इण्डिया आउट’ अभियान विरुद्ध युवाहरूको प्रदर्शन


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मालदिभ्समा युवाहरूको समूहले पूर्व राष्ट्रपति एवम् विपक्षी दलका नेता अब्दुल्लाह यामिनद्वारा सञ्चालित भारत विरोधी ‘इण्डिया आउट’ अभियानको विरुद्धमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीको समूहले यामिन तथा उनको अभियानका विरुद्धमा उनकै निवासअगाडि प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मालदिभ्स युथ फोर्स नामक युवाहरुको समूहले प्रदर्शनको आयोजना गरेको हो । केही दिनअघिमात्रै यो समूहको स्थापना भएको बताइएको छ । यामिन र उनको प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) ले यो समूहलाई लक्षित गर्दै विज्ञप्ति र बयानबाजीलाई तीव्र पारेको एएनआईले उल्लेख गरेको छ ।

यो समूहमा मालदिभ्सको सत्तारुढ मालदिभियन डेमोक्र्याटिक पार्टी एमडीपी तथा उपराष्ट्रपति अहमद अदिबको पार्टी मालदिभ्स थर्ड वे डेमोक्र्याट्स (एमटीडी) का युवा समर्थकहरुको वर्चश्व छ ।

पछिल्ला केही समययता यामिनले राजधानी मालेसहित मालदिभ्सका विभिन्न स्थानमा भारतविरोधी भावना फैलाउने अभियान चलाइरहेका छन् । यही अभियानकै क्रममा मालदिभ्स स्थित भारतीय उच्चायुक्तको कार्यालयअगाडि पनि प्रदर्शनहरुको आयोजना हुँदै आएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ४९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला