दोस्रो हारसँगै नेपालको एएफसी कपको छनोट सम्भावना सकियो « Khabarhub

दोस्रो हारसँगै नेपालको एएफसी कपको छनोट सम्भावना सकियो


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ।

शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४-१ अन्तरले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो। यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ।

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक(एक गोल गरे।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे। हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने। ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए।

खेलको २८औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए। ४८औं मिनेटमा युसेफ दोस्रो गोल गरे।

खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४-० को बनाए। खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे।

यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन। पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ। नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : २९ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी