सोमबार रातिसम्मको मौसम पूर्वानुमान | Khabarhub Khabarhub

सोमबार रातिसम्मको मौसम पूर्वानुमान


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन छ। त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुनसक्नेछ। योबीचमा प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सोमबार प्रदेश १ र बागमतीका केही स्थान तथा मधेश, गण्डकीमा वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

राति प्रदेश १ र मधेशका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ। बागमतीका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ५३ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय