सोमबार रातिसम्मको मौसम पूर्वानुमान « Khabarhub

सोमबार रातिसम्मको मौसम पूर्वानुमान


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन छ। त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुनसक्नेछ। योबीचमा प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सोमबार प्रदेश १ र बागमतीका केही स्थान तथा मधेश, गण्डकीमा वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

राति प्रदेश १ र मधेशका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ। बागमतीका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ५३ बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख