२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिललाई « Khabarhub

२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिललाई


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- २१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन्। च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे।

दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे। तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपकोतर्फबाट वाटर बोटल प्राप्त गरे।

च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गर्दै जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे। साइकलप्रति अभिरूचि बढाउन साइकल कनेक्ट भक्तपुरले च्यालेन्जको आयोजना गरेको थियो।

१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्य गर्नुपर्ने थियो। जसअनुरूप सहभागीले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो।

प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पुरा गरेका थिए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : १९ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त