५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम « Khabarhub

५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप–२ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ ।

जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७० वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।

उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए । तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।

सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।

केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ ।

अध्ययनका लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, उल्लेखनीय संख्यामा पुरुषहरूले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : १८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ