प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा « Khabarhub

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् ।

बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौँ पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापन पत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् ।

देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएकाे सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।

निजगढकाे वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणकाे याेजना सरकारकाे छ । तर सर्वाेच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएकाे छ । यद्यपि परमादेशकाे संक्षिप्त वा पूर्ण पाठ आई नसकेकाले अन्याैल कायमै छ ।

सरोकार समितिले एमाले अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

पूर्व प्रम ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताइएको छ ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिबार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापन पत्र पेस गर्दै निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा विमानस्थल बनाउन आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै कानुनी अड्चन फुकाएर निर्माण प्रक्रिया अघि बढाउने बताएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ११ : १५ बजे

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १