सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते  | Khabarhub Khabarhub

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : ३७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले