र्‍यापर जी-बब भन्छन् , 'मलाई स्वतन्त्रता चाहियो' | Khabarhub Khabarhub

र्‍यापर जी-बब भन्छन् , ‘मलाई स्वतन्त्रता चाहियो’


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबिच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । दुवैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ ।यसको सुनुवाइ सोमबार हुँदैछ । यद्दपी जी- बब र उनका बुवाआमाले एक आपसमा आरोप प्रत्यारोप भने लगाई नै रहेका छन् । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका हुन्  ।

जी–बबले आफूलाई बुबा आमाले पहिल्यैदेखि नहेरेको र अहिले अनावश्यक हस्तक्षेप गरेको दाबी गरेका थिए । तर दुर्व्यसनमा परेपछि छोरोलाई सुधार्न आफूहरुले सुधार केन्द्रमा राखेको बुबाआमाको भनाइ थियो । बुवाआमाको उजुरीपछि आफ्नो मानहानि भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिनै पर्ने बाध्यताको विषयमा बोलेका छन् । उनले बाल्यकालमा आफूलाई परिवारको साथ नमिलेकै कारण एक्लै बस्ने बानी लागेको बताएका छन् ।

जी-बब : मलाई स्वतन्त्रता चाहियो 

जी-बबले आफूलाई स्वतन्त्रता चाहिएको बताएका छन् । ‘म २१ वर्ष पुगिसकेँ । अब मलाई स्वतन्त्रता चाहिन्छ । मेरो परिवार वा ममीले यो सब पैसाको लागि गर्नु भएको हो । म अहिले इभेन्ट गर्न थालेपछि मलाई आमाले जबर्जस्ति गरेपछि मैँले मुद्दा हाल्या हो । आमाले मलाई रिह्याब लगेर हाल्नुभयो । एकचोटि जाने ठाउँ हो त्यो, दोहोर्‍याइ दोहोर्‍याइ जाने ठाउँ होइन’ जी-बबले भने ।

उनले आफूलाई र्‍यापर जी-बब बनाउने श्रेय एएनटिएफलाई दिए । ‘एएनटीएफले मलाई बन्धक बनाएर राखेको छैन । हामी स्टुडियो भएको घरमा बस्छौँ । आमालाई जसरी पनि पैसा चाहिएको हो । छोरालाई एक पटक एडिक्ट भन्दिएपछि रिह्याबमा हान्दिने भन्नुभयो किनभने गोदावरीको घरछेउमा रिह्याब छ । आमाले एएनटीफसँग भेट्न नदिने प्लान बनाउनुभएको हो’ जी-बबले भने ।

उनका अनुसार उनलाई आमाले जबर्जस्ति रिह्याबमा पुर्‍याउन चाहन्छिन् । ‘बाउ आएको जम्मा तीन चार दिन मात्र भयो । ट्री इन्टरटेनमेन्ट र अस्ट्रेलियाको पैसा सबै मैले पाइसकेको छु । मैँले ममीबाट धेरै सहेर बसिरहेको हु । ममीको एक जना साथी छ उहाँको रिह्याब छ । दुवैले मिलेर त्यहाँ राख्न खोजेजस्तो देखिन्छ’ उनले भने ।

जी-बबले आमाले रिह्याब संचालकसँगको मिलेमतोमा आफूलाई बन्धक बनाउने प्रयाश गरेको बताए । ‘मलाइ एएनटीएफसँग टाढा बनाएर अर्को समुहसँग काम लगाउने र मेरो कमाइ एक्लै लिने सोचाइ अनुसार आमाले यस्तो गर्नु भएको हो । मेरो कमाइ मैले पाउनु पर्छ भन्ने मेरो भनाइ हो । म मेरो घरमा समेत पैसा दिन्छु’ जी-बबले भने । उनले एएनटीएफको स्टुडियो भएको घरमा बस्दा सांगीतिक माहोल समेत बनेको बताए । ‘मैले यहाँ बसेर केहि गीत पनि तयार गरेको छु । मलाइ आफ्नो मान्छेको साट्न चाहिएको छ । मलाइ बारम्बार रिह्याब लगेर म झनै अस्थिर हुन्छु’ उनले भने ।

उनले अहिले देखाएको माया सानो छदा नपाएको गुनासो समेत गरे । ‘मलाइ चाहिने बेलामा बा-आमा कहिले माया दिनु भएन । मैँले एक्लै समय बिताए । भौतारी । एएनटिएफसँग जोडीएपछि मैले र्‍याप गर्न थाले । मेरो पहिचान बन्यो । अनि अहिले आएर मैँले पैसा कमाउन थालेपछि यो सब लफडा भएको हो’ उनले भने ।

छोराको निर्णय हामीले गर्न पाउनुपर्छ : जी-बबका बुवाआमा

एएनटीएफको टिम हाम्रो घरमा आउँदा मैँले २० प्रतिशत स्टाफलाई र ८० प्रतिशत जी-बब र परिवारलाई हुन्छ भनेर बताएको उनका बुवा आमाले भनेका छन् । उनीहरुले आफूले पाएको रकमबाट छोरालाई पाकेट मनी दिने बताए । उनीहरुले बुवा आमाको सल्लाह विना छोरालाई कहिँकतै लैजान नपाइने अडान राखेका छन् ।

‘उसले कमाएको पैसा पाइँदैन, खुसी मिल्दैन भनेर के पाउन जानुपर्‍यो । अन्डरग्राउन्ड बनाएर राखे भइगयो नि । हामीलाई पैसा चाहिन्छ कि छोरो चाहिन्छ भनेर सोधियो । हामीलाई सबैथोक चाहिन्छ । एक त उसको स्वास्थ्य ठीक हुनुपर्‍यो । उसको स्वास्थ्य ठीक छैन’ जी-बबका आमा बुवाले भने । उनीहरुले बाउ आमाको बच्चा भएकाले बाउआमाले साथ लैजान पाउनु पर्ने अडान राखेका छन् । ‘बाउआमाले लैजान्छु भनेपछि उहाँहरुले लैजान पाउनुपर्छ भन्ने छ’ उनीहरुले भने ।

उनीहरुले आफ्नो पहिलो प्राथमिकता जी-बबलाई घरमा लगेर लागुऔषधको कूलत कम गर्नु रहेको बताएका छन् । जी-बबका आमा बुवाले झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ मा गीत गाए वापत पैसा नपाएको समेत गुनासो गरेका छन् ।

एएनटीएफका निमसाङ भन्छन् : रियालिटी शोले प्रतियोगीसँग गर्ने सम्झौता हामीले गरेका हौँ 

विवादको केन्द्रमा चाहिं र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ । विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङ अमेरिकाबाट नेपाल आइपुगेका छन् । उनले पैसाकै कारण यो सब विवाद निम्तिएको बताएका छन् । ‘हामीले जी-बबसँग सम्झौता गरेका छौँ । अन्य शोले जसरी सम्झौता गर्ने गरेका छन् , हामीले पनि त्यहि गरेका हौँ । जी-बब आफैँ हाम्रो स्टुडियोमा आएर बसोबास गरिरहेको छ । उ घर नजानुसँग हामी र हाम्रो संस्था जिम्मेवार छैन’ निमसाङले भने ।

उनले ट्री इन्टरटेनमेन्टले राति त्यत्तिकै छाड्दिएपछि एएनटीएफको मान्छे गएर जी-बबलाई ल्याउनुपरेको सुनाए । ‘म अमेरिकामा थिएँ । मसँग रुदै उसले भिडियो च्याट गर्यो । उसलाई बुझ्ने मान्छे नभएकै कारण उसलाई गाह्रो भएको हो’ उनले भने । उनले आफ्नो टिमले जी-बबलाई घर समेत पुर्याएको बताए ।

‘हामीसँग कुराकानीको रेकर्डिङ पनि छ । उसको ममीको अनुसार ट्री इन्टरटेनमेन्टले हामीलाई यति पैसा दिन्छु भन्या छ रे’ निमसाङले भने । उनले जी-बबको इभेन्टबाट आएको पैसा आफूहरुले कहिँ कतै नराखेको पनि बताएका छन् । ‘जी-बब भाइलाई हामीले अस्ट्रेलियाबाट एक लाख रुपैयाँ क्यास दिएको भिडियो पनि छ । उसले घरमा गएर दिएको पनि रहेछ । ‘भाग भाग’ र ‘फाइनल्ली भेटियो’ जस्ता गीतमा हाम्रो हात छैन’ उनले भने ।

उनले जी-बब आफैँले आफ्नो पारिश्रमिक लिएपछि यो विवाद आएको हुन् सक्ने अनुमान गरेका छन् । ‘हामीले आर्टिस्टलाई पे गर्ने हो । त्यो हामीले गरेका छौँ । उसले पैसा माग्न पाउछ किनकी सम्झौता छ । जी-बबले घरमा पैसा दिनु भन्यो भने पनि हामीलाई कुनै आपत्ति छैन’ निमसाङले भने ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : ४७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको