आइटम गीतमा बलिउड अभिनेत्रीहरु  « Khabarhub

आइटम गीतमा बलिउड अभिनेत्रीहरु 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ ।

आइटम गीतकै कारण फिल्मको हाइप बढ्ने भएपछि एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौँदेखि करोडौँ रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् ।

उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् । यो रकम उनले पछिल्लो समय ुपुष्पाु फिल्मको गीतमा अभिनय गरेबापत पाएकी हुन् । उक्त आइटम गीतले सामन्थाको चर्चा निकै बढायो । त्यसपश्चात् उनलाई आइटम गीतमा नाच्ने थुप्रै अफर आइरहेका छन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौँ आइटम गीतमा कम्मर मर्काइसकेकी छन् ।

तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् । आफ्नो ग्ल्यामर छविकै कारण बलिउड दर्शक माँझ स्थापित भएकाे प्रतिक्रिया पाइनन् । अभिनेत्री सन्नी लियोन आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैयाँ लिन्थिन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ । किनकि उनलाई पारिश्रमिक दिएर फिल्मको गीतमा देखाउने निर्माता तथा निर्देशकहरुको कमी छैन । अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् ।

यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैयाँ चार्ज लिन्छिन् । यद्यपि पछिल्लो समय उनको सक्रियता भने घटेको छ । उनले फिल्म र आइटम गीतमा आफूलाई प्रस्तुत गर्न सकेकी छैनन् । अभिनेत्री कट्रिना कैफले ‘चिकनी चमेली’ र ‘शिला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् ।

उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् । यद्यपि पछिल्लो समय उनले आइटम गीतमा मात्र अभिनय गर्ने क्रममा निकै कमी ल्याएकी छिन् । ‘दिलबर’ देखि ‘साकी(साकी’सम्म नोरा फतेहीले कयौँ आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् । यद्यपि पछिल्लो समय उनको परिश्रमिक बढेको छ । बलिउडमा ‘आइटम गर्ल’ sd समेत पाएकी नोरा पछिल्लो समय अभिनयमा सक्रिय छिन् । यसैले गर्दा पनि उनले आइटम गीतमा अभिनय गरेबापत राम्रो पारिश्रमिक लिने गर्छिन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ३७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष